नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्दै, संगठन निर्माणसम्बन्धी छलफल गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टीको साउन २१ गते शनिबार बैठक बस्ने भएको छ । संगठन निर्माणसम्बन्धी छलफल गरिने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने गरि बैठक बस्ने भएको हो ।

समाजवादी पार्टीका एक नेताका अनुसार बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय गरिने छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्