शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित, पाँच वर्षमा थपिए २७ लाख ५४ हजार मतदाता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार (आज) श्रावन २० गतेबाट मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । सरकारले निर्वाचनको मिति घोषणा भएसँगै पत्रकार सम्मेलन गरि आयोगले शुक्रबार (आज)बाट मतदाता संकलन कार्य स्थगित भएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताएका छन् । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा भोलि २१ गतेसम्म समय निर्धारण गरिएको उनले जानकारी दिएका हुन् ।

वि.स. २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएको देखिन्छ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेका  थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्