पाँच दलीय गठबन्धनबीच मिलेर जाने सहमति, भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा तालेमल गरेर जाने सहमत भएको हो ।

बैठकमा  तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने निर्णय भएको छ । बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसमा रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्