कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न महामन्त्री थापाको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्वर्गीय श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले भक्तपुरका दुबै क्षेत्रमा कांग्रेसको झन्डा फहराउने गरी तयारी गर्न आग्रह गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्