पिपुल्स पावर कम्पनीले आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पिपुल्स पावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरले २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गर्न भएको हो ।

यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्