कांग्रेसले केन्द्रीय नेता जिल्ला पठाएर २२ दिने चुनावी अभियान सञ्चालन गर्ने

congress
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय समिति बैठकले केन्द्रीय प्रतिनिधि खटाएर चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोमबार बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो ।  कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो । कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्