भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले नै ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो ।

कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकू रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् । सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ । ‘धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,’ एक सुरक्षा अधिकारीले भने ।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ । उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ । पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । दुवै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले दुवै पक्षले युद्ध विराम घोषणा गरेका छन् ।

सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्