दक्षिण कोरियामा बुधबार एक लाख ३७ हजार २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार दक्षिण कोरियामा एक लाख ३७ हजार २ सय ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ ।

अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार सात सय ९२ जना सङ्क्रमित भएका थिए । त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्