डोल्पामा डोजरमाथि पहिरो खस्दा घटना स्थलमै चालकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खन्ने क्रममा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका –१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको सडक खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटना स्थलमै मृत्यु हो । प्रदेश प्रहरीका अनुसार घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली खटिएको छ ।

पहिरोले डोजर पुरेको छ । मृतकको शव घटना स्थलमा नै रहेको र घटनास्थलको प्रारम्भिक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्