आइतबार २७ दशमलव ९२ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २७ दशमलव ९२ अंकले घटेर २०१० दशमलव ०१ बिन्दुमा पुगेको हो ।

आइतबार कुल २२७ कम्पनीको ४५ लाख ५९ हजार ०२२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ५३ लाख ९६ हजार ५ सय १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्