आइतबार ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । चार हजार ८ सय २९ परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टी भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्