साञ्जेन जलविद्युत कम्पनीको सम्पत्तिमा स्थानीयवासीद्धारा तोडफोड, पाँच करोड बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

रसुवा । रसुवामा रहेको साञ्जेन जलविद्युत कम्पनीको सम्पत्तिमा स्थानीयवासीले तोडफोड गरेका छन् । स्थानीयवासीले सेयर बाँडफाँटमा असहमति जनाउँदै कम्पनीको सम्पत्तिमा तोडफोड गरेका हुन् ।

सेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा तोडफोड गरि कर्मचारीलाई पनि कुटेका छन् । कम्पनीको कार्यालय र सम्पत्ति तोडफोड गरेपछि उनीहरूले माथिल्लो साञ्जेनको कार्यालय पनि तोडफोड गर्ने चेतावनी दिएका छन् ।

कम्पनीका कर्मचारीका अनुसार तोडफोडबाट आयोजनाको झन्डै पाँच करोड रुपैयाँको क्षति भएको छ । स्थानीयवासीले आक्रमण गर्नुअघि नै प्रहरीलाई जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको कर्मचारीको गुनासो छ ।

आयोजनाले रसुवाका नागरिकका लागि १० प्रतिशत सेयर छुट्याएको छ । रसुवाभित्र पनि अति प्रभावित र प्रभावित जिल्लावासीका लागि फरक–फरक अनुपातमा सेयरको छुट्याइएको छ । तर गत्लाङका बासिन्दाले आफूहरूलाई अति प्रभावित क्षेत्रमा राखेर धेरै सेयरको माग गर्दै उच्छृङ्खल गतिविधि गर्दै आएका आयोजनाको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्