निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले गर्‍यो दल दर्ता

congress
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

त्यस्तै आसन्न संघीय र प्रदेश निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने गरी नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी र नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् । योगमा निवेदनका लागि माओवादी केन्द्रीय कार्यालयका शिव खकुरेल र नेसपाका मुख्य सचिव खगेन्द्र देवकोटालगायत पुगेका थिए ।

दल दर्ता गर्ने समय आज मंगलबार अन्तिम दिन रहेको छ । आयोगले जारी गरेको सूचना अनुसार निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले साउन ३१ गते आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्