सबै सहकारीलाई एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी विभागको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सहकारी विभागले सहकारी संस्थालाई वित्तीय विवरण मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको हो । विभागका अनुसार प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक गर्नुपर्ने बताएको छ ।

जसमा विभागले  सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी गरेको छ ।  सहकारी ऐन अनुसार नियामक निकायमा नियमित बुझाउनु पर्ने र माग भए अनुसार बुझाउनु पर्ने विवरण समेत समयमै बुझाउन विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

विभागले सेयर बचतकर्तालाई आफ्नो संस्थाप्रति चासो राख्न समेत सचेत गराएको छ । सहकारी संस्थाका प्रत्येक सदस्य सहकारी संस्थाको बराबर हकवाला भएको भन्दै संस्थाका साधारणसभा तथा अन्य गतिविधिमा समेत भाग लिन विभागले आग्रह गरेको छ । संस्था छान्दा विश्वसनीय संस्था छनोट गर्न समेत विभागले आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्