‘नागरिकता विधेयक हेड काउण्टका आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्छ’ : उपमहासचिव ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकलाई संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन गर्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सुरु भएको छलफलमा भाग लिँदै ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न समेत आग्रह गरेका छन् । सत्तासँग बहुमत भएपनि यो टाउकोको गिन्ति गर्ने विषय नभएको बताएका छन् । उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’ त्यस्तै सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताए ।

सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।  सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्