कच्चा तेलको मूल्य ६ महिनायताकै न्यून विन्दुमा, ब्रेन्ट क्रुड ९१.५१ अमेरिकी डलरमा कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनायताकै न्यून विन्दुमा कारोबार भएको छ । बुधबार फेब्रुअरीयताकै न्यून बिन्दुमा ‘ब्रेन्ट क्रुड’ ९१.५१ अमेरिकी डलरमा कारोबार भएको हो ।

यस्तै, ‘वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड’ पनि ०.२५ ले घटेर ८६.३३ डलरमा आएको छ । यसअघि, अमेरिकी कच्चा तेल र इन्धनको स्टक घटेको रिपोर्ट बाहिरिएका कारण तेलको मूल्य केही बढेपनि बुधबार पुनः घटेको रोएटर्सले उल्लेख गरेको छ । अमेरिकाको कच्चा तेलको भण्डारण करिब ४ लाख ४८ हजार ब्यारेल र पेट्रोलको भण्डारण ४५ लाख ब्यरेलले घटेको रिपोर्ट बाहिरिएको थियो ।

विशेषगरी, विश्वव्यापी आर्थिक मन्दीको सम्भावना कायमै रहेका कारण तेलको भाउमा असर परेको हो । यता, चिनियाँ मागमा कमी आएका कारण पनि तेलको भाउमा गिरावट आएको विश्लेषण भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्