शुक्रबार ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टी, ४ सय ८७ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार ६२३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्