प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रदीप गिरिको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय सोत कांगे्रसले गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ ।

विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आएका गिरिलाई  निमोनिया देखिएपछि  साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना  गरिएको र उपचारकै क्रममा  नेता गिरिको अस्पतालमै शनिबार राती ९:३० बजे निधन भएको हो ।  नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका थिए । हाल प्रतिनिधिसभा सदस्य रहेका उनले विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्