भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना संक्रमण पुष्टी, ४३ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएका छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ अनुसार हाल सम्म भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित पुष्टी भइसकेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ हजार आठ सय ७९ जना रहेको छ । गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ४३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ३२ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् ।

यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ६० लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्