महानगरले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन गर्यो सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको हो ।

यस अघिनै महानगरले अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन जानकारी गराएको थियो । तर ३५ दिने म्याद सकिदा पनि व्यापारीहरुले अटेर गरेपछि महानगरले आजदेखि स्थलगतरूपमा कारबाही गर्ने सुरु गरेको छ ।

पसल हटाउन मेयर बालेन्द्र साह बानेश्वर क्षेत्रमा आफैं पुगेका छन् । नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् । साउन तेस्रो साता मेयर साहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्