१ करोड भन्दाबढि हिनामिना गरि फरार अध्यक्षको जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्दै जन्म सहकारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जन्म बचत तथा ऋण सहकारी संस्थाले अध्यक्षको जग्गा बिक्री गरेर बचतकर्ताको बचत रकम फिर्ता गर्ने भएको छ । २०६५ सालमा स्थापना भएको जन्म बचत तथा ऋण सहकारीले अध्यक्ष श्रीराम श्रेष्ठको जग्गा बिक्री गरेर बचतकर्ताको बचत रकम फिर्ता गर्ने भएको हो । अध्यक्ष श्रेष्ठ २०६७ सालमा १ करोड १३ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका थिए ।

जग्गा बिक्री गरेर रकम फिर्ता गर्ने भन्ने बारे सहकारीका सञ्चालक वीररत्न माली भन्छन् ,’सहकारीका अध्यक्षको मूत्यु भएको भनेर अध्यक्षको परिवारले २०६८ सालमा सहकारीलाई जग्गा दिएको थियो । अहिले त्यही जग्गा बिक्री गरेर बचतकर्ताको निक्षेप फिर्ता गर्न ५ दिने सूचना निकालेका छौँ ।’

सहकारीले सोमबार एक सूचना जारी गर्दै आफूले बचत गरेको आधिकारिक कागजात, पासबुक, भौचरका साथै नागरिकताको फोटोकपीसमेत लिई बचत फिर्ता लिन आउन भनेको छ । पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारीसमेत उक्त सूचनामार्फत् सहकारी जानकारी गराएको छ ।

सहकारीले ५ दिनभित्र आआफ्नो बचत दाबी गर्न नआए पैसा नदिने भनी सूचना जारी गरेपछि सहकारीले त्रुटि गरेको भन्दै सञ्चालकहरुले ५ दिने सूचना निकालेको भए पनि समय नपुगे थप गर्ने सञ्चालकहरु बताउँछन् ।

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले भने, ‘सहकारीले ५ दिनभित्र दाबी गर्न नआए बचत रकम फिर्ता गर्दिन भन्न मिल्दैन । बचतकर्ताको रकम सबै हिसाब गरेर फिर्ता गर्नुपर्छ । यस विषयमा हामी बुझ्छौं र आवश्यक कारबाही अगाडि बढाउनेछौं ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्