दोलखामा दुई जना मिटरव्याजी पीडीतले दिए प्रशासन कार्यालयमा उजुरी

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखामा दुई जना मिटरव्याजी पीडीतले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै दुई जना पीडीतले उजुरी उजुरी दिएका हुन् ।

साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर, जग्गा नै हडपेपछि पीडीतले काठमाडौंको माईतीघर मण्डलामा आएर पटक–पटक प्रर्दशन गरेपछि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार कार्यदलले देशभरबाट मिटरब्याज पीडीतलाई उजुरी दिन आह्वान गरेकोमा तोकिएको समयभित्र जिल्लामा दुई जना पीडीतले उजुरी दिएका छन् ।

उनका अनुसार जिल्लामा प्राप्त भएका उजुरी गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । उजुरीकर्ताको परिचय भने खुलाइएको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्