मंगलबार १ दशमलव ८५ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १ दशमलव ८५ अंकले बढेर २०५४ दशमलव ९८ बिन्दुमा पुगेको हो ।

सोमबार कुल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार माथिको सेयर कारोबार भएको छ । मंगलबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा नसिद्धार्थ इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी मंगलबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्