खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन, भदौ १२ गतेसम्म दिन पाइन्छ आवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । खप्तड लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज बुधबार भदौ ८ गतेबाट १ करोड ३२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

जसमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले काम गरिरहेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपाल लिमिटेडले ‘केयरनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्