बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले गराए उजुरी दर्ता, १० लाखदेखि २० लाखसम्मको कागज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ”, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ ।

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ । मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्