बुधबार २ दशमलव ८६ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २ दशमलव ८६ अंकले बढेर २०५७ दशमलव ८४ बिन्दुमा पुगेको हो ।

मंगलबार कुल २२३ कम्पनीको ३६ लाख ७८ हजार ७ सय छ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार माथिको सेयर कारोबार भएको छ । बुधबार अरुण काबेली पावर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १६ करोड ९२ लाख ६६ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी मंगलबारको सेयर बजारमा मंदाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्