१६५ क्षेत्रकै विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गठबन्धनका शीर्षस्थ नेताहरुले कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएकका छन् । बिहिबार बिहान नौ बजेबाट बसेको गठबन्धनको सीट बाँडफाँट कार्यदलको संयुक्त बैठकले कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएको हो ।

सत्तारूढ गठबन्धन दलका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको संयुक्त बैठक सकिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ । कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था कस्तो विस्तृत भनेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’

कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले बैठकमा उपस्थित भएका थिएन्न । आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् ।

सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्