वडा कार्यालय भवन बनाउन दुई कठ्ठा जमिन जग्गादान, वडावासी सबै उत्साहित

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन् । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ । गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए ।

वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिए । ‘गौशाला–१२ मा सार्वजनिक हितका लागि जग्गाधनीले देखाएको चासोले वडावासी सबै उत्साहित छौँ” उनले भने, ‘अब कार्यालय भवन निर्माणको प्रक्रिया तत्काल थालिने छ ।’

यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिएका थिए । सो ठाउँमा हाल सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालनमा छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्