कीर्तिपुर नगरपालिकाले गर्यो मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर १० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।

नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले बिहिबार पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । ती क्षेत्रको अवलोकनपछि उनले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न र तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्