शुक्रबार १६ दशमलव ९३ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १६ दशमलव ९३ अंकले घटेर २०२२ दशमलव ६२ बिन्दुमा पुगेको हो ।

शुक्रबार कुल २१३ कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार माथिको सेयर कारोबार भएको छ । शुक्रबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आजको सेयर बजारमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी बिहिबारको सेयर बजारमा जीवन बिमा कम्पनी लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्