राहदानी विभागको बेसमेन्टमा आइतबारदेखि पार्किङ गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा आइतबारदखि पार्किङ खुल्ला गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै पार्किङ खुल्ला गर्ने बताएको हो ।

विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ । विभाग बाहिरका सडकमा अनावश्यक भिडभाड नगर्ने समेत  विभागले आग्रह गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्