कारबाहीमा परेका र बाग़ी उम्मेदवारी दिएकालाई पार्टीमा फर्कन कांग्रेसको आग्रह

congress
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेस तनहुँले कारबाहीमा परेका र स्वतन्त्र बसेकालाई पार्टीमा फर्कन आग्रह गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति निकालेर आफैंले कारबाही गरेका र पार्टीबाट अलग भएर स्वतन्त्र भूमिकामा रहेकाहरुलाई मुलधारमा फर्कन आग्रह गरेको हो ।

स्थानीय तहको निर्वाचनमा बाग़ी उम्मेदवारी दिएको भन्दै निष्काशितहरुलाई पनि पार्टीको मुल धारमा फर्कन आग्रह गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘वैशाखमा भएको स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजीनामा दिई वा पार्टीका उम्मेदवार विरुद्ध संगठित अभियानमा लागि विचलित भएको हामी जानकार नै छौं’

उनले आगामी दिनमा पार्टीबाट मुल्यांकन र सम्मानमा कुनै विभेद नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्