विनाजानकारी एनसेलको नेटवर्क बन्द, दूरसञ्चार सेवा अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निजी दूरसञ्चार कम्पनी एनसेलको सेवा अवरोध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने जस्तो अवरोध भएको हो ।

आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल नलागेपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । यसअघि सामान्य समस्या आउँदा पनि जानकारी गराउने एनसेलले आज बिना जानकारी सेवा अवरुद्ध गरेको छ । एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने तथा एसएमएस नजाने जस्ता समस्या देखिएको ग्राहकहरुले समेत गुनासो गरेका छन् ।

सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न नसकेको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले बताएका छन् । समस्या के भएको बुझ्न पठाइएको उनले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्