तीजको नाच हेर्ने क्रममा दुई समूहबीच झडप, एकजनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान अघि बढाएको छ । नायब उपरीक्षक कार्की भन्छन् ‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ । मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्