दाङमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु, १२ महिला घाइते

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए । घटनास्थल टेलिफोनको समस्या भएकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रवक्ता गौतमले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्