निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग बयान लिन सुरू, ६४ वटा प्रश्न तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा पुगेसँगै वयान लिन सुरु गरेको छ । बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो ।

उक्त समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा बयान दिन पुगेका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ । ‘उहाँको लिखित र मौखिक दुवै बयान हुन्छ । बार एशोशिएशनले २१ वटा दिएको छ । हामीले तयार पारेको ४३ वटा छ । उहाँको जवाफ के आउँछ त्यसलाई अध्ययन गर्छौं’, साहले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्