चर्चित कलाकार जिग्री झापा-५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चर्चित कलाकार, समाजसेवी तथा युवा अभियन्ता जिग्री नामले परिचित कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि यसको तयारीमा रहेको भने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन, अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’ जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा ५ कै मतदाता हुन् ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ । कट्टेलले उम्मेदवारी दिने उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्