‘एकल ढङ्गबाट वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ’ : मन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताएका छन् । उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताएका हुन् ।

उनले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताएका छन्  । ‘सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ’, उनले भने ,’सरकारको समन्वयमा वायुसेवा निगमले ध्वजाबहाक जहाज सञ्चालन गर्नुपर्दछ ।’ अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए  हुन् ।

उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए  । उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अव चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए । ‘अव एक वर्षको भ्रमणले पुग्दैन’, उनले भने, ‘नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि एक दशकको भ्रमण वर्ष चाहिन्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्