‘फाइदा हुन्छ भने गठबन्धन हुन्छ, फाइदै हुँदैन भने अरुको भर्‍याङ हुन चाहँदैनौं’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको बताएका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको भन्दै आफुहरुलाई अपमान गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन । कतिपय ठाउँबाट साथीहरू एक्लै भने पनि लड्न तयार छौं भनिरहनुभएको छ । हाम्रो अपमान गर्ने काम गठबन्धनबाटै भइरहेको छ । फाइदा हुन्छ भने गठबन्धन हुन्छ, फाइदै हुँदैन भने अरुको भर्‍याङ हुन चाहँदैनौं’। दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने भन्दै उनले फाइदा नहुने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् ।

नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन नहुने बताएका छन् । यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिएका छन् । अध्यक्ष नेपालले नेकपा एसको शक्तिलाई कमजोर नठान्न समेत चेतावनी दिए छन् ।  अध्यक्ष नेपालले नेता कार्यकर्तालाई गाउँ जान र भोट माग्न समेत आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्