सिन्धुलीमा बढ्दै चुनावी चहलपहल, नेता तथा कार्यकर्ता छलफलमा व्यस्त

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् । चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् ।

उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् । नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।

नेकपा एमाले सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् । यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गरेका छन् । उनले माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त भएका थिए । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्