भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि कांग्रेसका ५३ जना आकांक्षी

congress
Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका ५३ जनाले भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा (क) र (ख) को सदस्यकालागि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ क मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेका हुन् ।

त्यस्तै क्षेत्र नं. २ (ख) का लागि १० प्रत्यक्ष र १० समानुपातिक गरी २० जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका आकांक्षीमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थ छन् । त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुङ्गेल र माथवरसिंह बस्नेतले उम्मेदवारको आकांक्षा व्यक्त गरेको जनाइएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ (क) मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। २ का सचिव सविन ढुङ्गेलले जानकारी दिए । त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमानसिं बस्नेत, सङ्गीता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री छन् ।

यस क्षेत्रमा सूर्यविनायक नगरपालिका वडा नं. १ देखि १० सम्मको भूगोल समेटिएको छ । गत स्थानीय निर्वाचनमा यहाँका १० वडामध्ये नेपाली कांग्रेसले पाँचमा वडाअध्यक्ष जितेको थियो भने पाँचमा वडाअध्यक्षसहित नगरप्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो । प्रदेश सभा क्षेत्र नं. २ (ख) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि दुई जना पुर्वसभापतिहित १० जनाले आकांक्षा व्यक्त गरेका छन् ।

मध्यपुरथिमि नगरपालिकाको पूरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेशसभा क्षेत्रिय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र आरसी श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दाबेदारी प्रस्तुत गरेका छन् ।

त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चुकैलास बुढाथोकी, सुबर्णजङ्ग सिजापति, अन्जनादेवी मधिकर्मी, ईन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंसबहादुर कोजु, शुसिलाकुमारी सिग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवारको दाबेदारी दिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्