संघीय संसद्को उम्मेदवारको रूपमा कांग्रेसले गर्यो सामूहिक हत्याका अभियुक्त मोहम्मद अफताव आलमलाई सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफताव आलमलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट– २ बाट संघीय संसद्को उम्मेदवारका रूपमा कांग्रेसले मोहम्मद अफताव आलमलाई उम्मेदवार सिफारीस गरेको हो ।

मधेस प्रदेश कांग्रेसका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताका अनुसार रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको छ । आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा उनी थुनामा छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्