राष्ट्रियसभा बैठक : डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग सांसदहरुको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार आज बसेको राष्ट्रियसभा बैठकमा डेङ्गु रोगको रोकथामका विषयमा छलफल भएको छ । सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौं उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा सांसदहरुले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् ।

बैठकको शून्य समयमा भाग लिदै सांसद नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । साथै उनले डेङ्गुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्