बिहिबार थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्‍यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ हजार ५ सय ५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको छ । १ हजार ७ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८० जना र १ हजार ८ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २ सय २७ पुगेको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्