पाल्पा कांग्रेसले गर्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस

congress
Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । नेपाली कांग्रेस पाल्पाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षी धेरै देखिएका छन् ।

प्रतिनिधिसभामा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ज्ञानबहादुर गाहा, दानबहादुर पछाई, कल्प पौडेल र सन्दीप रानालाई तथा क्षेत्र नंं २ मा वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा चिरञ्जीवी नेपाललाई पार्टीले सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकमा क्षेत्र नंं १ मा सन्दीप राना, विष्णुमाया ढकाल र विजयराज घिमिरेलाई सिफारिस गरेको छ भने प्रदेश २ मा समानुपातिकतर्फ राजनप्रसाद पन्त, विधान श्रेष्ठ, लालकुमारी राना, महेश्वरी कुँवर, शोभा शाक्य, सीता नेपाल र जमिला मिया रहनुभएको कांग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेले जानकारी दिए ।

प्रदेशसभातर्फ पाल्पा क्षेत्र नंं १ ‘क’ प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिकतर्फ अर्जुन विक, देवराज ढकाल, हजिलदिन मियाँ, बोमबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्यलाई सिफारिस गरेको छ । क्षेत्र नं १ ‘ख’ बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शङ्कर खनाललाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ तारा रसाइली, युवराज पौडेल र भरत सराइलीलाई सिफारिस गरिएको छ ।

क्षेत्र नंं २ ‘क’ प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ कृष्णप्रसाद बस्याल, विधानप्रसाद श्रेष्ठ, माधवप्रसाद नेपाल, शान्ता बोहोरा र कृष्णबहादुर आलेलाई सिफारिस गरिएको छ । क्षेत्र नंं २ ‘ख’ बाट प्रत्यक्षतर्फ रामबहादुर कार्की पूर्व डिआइजी, रामबहादुर कार्की पुर्व पालिका अध्यक्ष र महेन्द्रप्रसाद पाण्डेलाई सिफारिस गरिएको छ ।

यसैगरी प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नंं २ ‘क’ बाट १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । त्यसमा अजयमान कर्माचार्य, कृष्णबहादुर राना, गङ्गा पौडेल कोइराला, झपेन्द्र गहिरे, धनकला गाहा, वसन्ती घिमिरे, विष्णुबहादुर गाहा, मीना पन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्रगोपाल सिं, राधेश्याम ज्ञवाली, शान्ति झेडी थापा र सुनिल बुढाथोकी छन् ।

क्षेत्र नंं २ ‘ख’ प्रदेशसभा समानुपातिकतर्फ नलबहादुर राना, दानबहादुर गाहा, तेजकुमारी थापा, विनु दमाई गौतम, सुरेश पौडेल, माधवबहादुर थापा र खड्गबहादुर थापालाई सिफारिस गरिएको छ । प्रदेशसभाबाट सिफारिस भएका उम्मेदवारको नामावली क्षेत्रीय समितिमा पठाउने, क्षेत्रले जिल्लामा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा पठाएर केन्द्रले उम्मेदवारको अन्तिम नामावलीको टुङ्गो लगाउनेछ ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नामावली सिफारिस गरे पनि पाँच दलीय गठबन्धनमा कुन क्षेत्र कुन पार्टीलाई भन्ने अझै टुङ्गो लागेको छैन । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्