प्रतिनिधिसभा बैठकको शून्य समय : डेङ्गु नियन्त्रण गर्न सांसदहरुको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बहिबारको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताएका छन् । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरे । सांसद रङ्गमती शाहीले भने  ‘स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्छ’ । सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार पाँचथरको रविराँके सडक एक सय एक किलोमिटर बाटो निर्माण सुरु गरेको पाँच वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्