भारतीय सेना प्रमुखले शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको  छ । उनले आज  नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् ।

उनी आजनै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् भने काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्