राष्ट्रियसभा : दुई विधेयक पारित

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेका थिए  ।

राष्ट्रियसभाको अर्काे बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्