निर्वाचन अपडेट : आठ दलद्वारा प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् ।

प्रदेश १ मा तीन, मधेसमा दुई, बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा तीन पार्टीले सूची गर्दा गराएका छन् ।

आयोगका अनुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, किराँत खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल र ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्