इञ्जिनियरिङका विद्यार्थीमाझ इजरायली सिकाइ आदानप्रदान

Ad
  • कालोपाटी सम्बाददाता

इजरायलस्थित किबुट्जिमकलेज अफएजुकेसन टेक्नोलोेजी तथा आर्टस्सँगको सहकार्यमा एड्भान्स्ड इञ्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय सिकाइ आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपालका लागि इजरायली राजदूत हनानगोडरको उपस्थितिमा भएको कार्यक्रममा कीर्तिपुरस्थित जनसेवा माध्यमिक विद्यालय र पाँगा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी छन् । कार्यक्रम अवधिभर विद्यार्थीले काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक सङ्घसंस्थाका अतिरिक्त अपाङ्गता तथा पुनःस्थापना केन्द्रकोसमेत भ्रमण गरेका थिए ।

इजरायलस्थित किबुट्जिमकलेजसँगको सहकार्यमा एड्भान्स्ड कलेजले सन् २०२२ सेप्टेम्बर ५ देखि औपचारिकरूपमा कार्यक्रमको शुभारम्भ गरेको थियो । दुई हप्तासम्म सञ्चालित कार्यक्रममा राजदूत हनानगोडरले नेपाल र इजरायलबीचको शैक्षिक अध्यायको यात्रा प्रारम्भ गरेकामा एड्भान्स्ड र किबुट्जिमकलेजलाई बधाई  दिए  ।

यस किसिमका शैक्षिक आदानप्रदान कार्यक्रमले शिक्षामा नवप्रवर्तनको क्षितिजलाई फराकिलो बनाउने मात्र नभई नेपाल र इजरायलबीचको सम्बन्धलाई समेत यसले थप सुदृढ पार्ने राजदूत गोडरको भनाइ थियो । किबुट्जिमकलेजका प्राध्यापक डा अदिवगलले यस किसिमका उपलब्धिमूलक कार्यक्रमको आयोजना गरेकामा एड्भान्स्ड कलेजप्रति कृतज्ञता व्यक्त  गरे  । यस्ता प्रकृतिका कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण सीपको अभिवृद्धि गर्ने कार्यमा सघाउ पु¥याउनुका साथै दुवै राष्ट्रको सांस्कृृतिक प्रवद्र्धनमा समेत यसले टेवा पु¥याउने  उनको  धारणा थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्